नागरिक उडड्यन प्राधिकरणको महानिर्देशक बन्ने लाइनमा केपी ओलीका मान्छे

बालुवाटार पुगेका ब्रिफकेशले सत्ता गठबन्धनमा तरङ्ग

नेपाल नागरिक उडड्यन प्राधिकरणको भावी महानिर्देशकमा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्रले बाजी मार्ने सम्भावना बढेको छ । अध्यक्ष ओलीकै योजनामा हाल त्रिभुवन विमानस्थल प्रमुख रहेका १२औँ तहका कर्मचारी प्रतापबाबु तिवारीलाई महानिर्देशक बनाउने ब्रिफकेशको फोटो बालुवाटार पुगेको छ । तिवारीको ब्रिफकेशको फोटो बोक्ने जिम्मा सञ्चार उद्यमी एवं सिम्रिक एयरका प्रमुख क्याप्टेन रामेश्वर थापाले लिएर फत्ते गरेको स्रोतको दाबी छ ।
थापा सिम्रिक एयर र सिम्रिक हेलिकप्टरका प्रमुख हुन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आफ्नो मिडियामार्फत सरकारको पक्षमा समाचार लेखाउनेदेखि भारतसँग ओलीको सम्बन्ध सुधार्ने भन्दै थापाले मोटो फाइदा लिएको सामाजिक सञ्जालमा आरोप लाग्ने गरेको थियो ।

यति समूहका अध्यक्ष आङछिरिङ शेर्पाको निधनपछि नेपाली हवाई उडड्यानको क्षेत्रमा आफ्नो दबदबा बढाउने महत्वकांक्षा सहित नियुक्ति र सरुवा बढुवामा थापाको सक्रियता बढेको छ । उनले आफ्ना जहाज र हेलिकप्टर पार्किङबापत प्राधिकरणलाई तिर्नुपर्ने मोटो रकम बक्यौता देखिन्छ । आफ्नो पक्षमा निर्णय गराउन सक्ने नेतृत्व भए थप फाईदा लिन सजिलो हुने बुझाई सहित उनले तिवारी बोकेर कहिले बालकोट त कहिले बालुवाटार पुग्ने गरेको छन् । बिचमा व्यक्तिगत फाइदा लिने मनसायले माओवादी केन्द्रका अध्यक्षसँग समेत नजिकिने कसरत गरेका थापाका लागि पछिल्लो समय खुमलटारको ढोका भने बन्द जस्तै छ । थापाले महानिर्देशकका लागि बालुवाटार पु¥याएका तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी छ । तिवारीले आर्थिक अपचलन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले उजुरी हालेका हुन् । उनिविरुद्धको उजुरीमा प्राधिकरणमा सेवा सुरु गरेदेखि नै विभिन्न पदमा बस्दा लाखौँ हिनामिना गरेको उल्लेख छ ।

अख्तियारमा दर्ता भएको उजुरीमा तिवारीले लुक्ला विमानस्थल, पोखरा, नेपालगन्ज विमानस्थल प्रमुख हुँदा आर्थिक अपचलन गरेकाले त्यसको छानबिन गरी कारबाही गर्न कर्मचारीले माग गरेका छन् । नागरिक उडडयान प्राधिकरणको कर्मचारीका रूपमा काम गर्दा राज्यलाई क्षति पुग्ने गरी आर्थिक अनियमितता गरेकाले प्राधिकरणकै कर्मचारीले कारबाहीको माग गरेका तिवारीलाई सरकारले भने कारबाहीको साटो पुरस्कृत गर्न थालेको गुनासो गरेका छन ।

महानिर्देशक नियुक्तिको प्रक्रिया चलिरहेका बेला तिवारीसँगै ओलीनिकटकै अर्को व्यक्तिले आफूले यसपटक महानिर्देशक पड्काउने सेटिङ भईसकेको सुनाउने गरेका छन् । आफू महानिर्देशक बन्न करौडौ खर्चिएकाले निश्चितजस्तै भएको बताउने ती व्यक्ति हुन प्रदीप अधिकारी । ठेक्कापट्टामा अनियमितता, कमसल निमार्ण संरचना, ठेक्का प्रक्रियापछि काम घटाएर कमिसन बुझ्ने गरेको , सरकारी सवारी साधनको दुरुपयोग गरेको जस्तो दर्जनौँ आरोपसहितका अख्तियारमा उजुरीको चाङ खेपेका ११ औ तहका कर्मचारी अधिकारीलाई प्राधिकरण कमजोर पार्न खोजेको समेत आरोप लाग्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनामा देखिएको करोडौँ बेरुजु असुल गर्न महालेखाले निर्देशन दिए पनि तत्कालीन एमाले सरकार र पार्टीको उच्च नेतृत्वलाई रिझाएर उम्किएका अधिकारीले बालुवाटार पठाएको ब्रिफकेशको समाचार बाहिरिएपछि अधिकारीका लागि अहिले बालुवाटारको ढोका भने बन्द जस्तै छ । यद्यपि बिचौलियामार्फत ब्रिफकेशको फोटो अन्य शक्तिकेन्द्रसम्म पु¥आउने कसरत भने उनको अझै जारी रहेको स्रोत बताउछ । अधिकारीको अनियमितताका विरुद्ध प्रश्न गर्ने धेरैलाई महानिर्देशक बनेपछि हिसाबकिताब हुने भन्दै धम्काउने गरेको प्राधिकरणका जुनियर कर्मचारी बताउँछन् ।

तिवारी र अधिकारीसँगै यस पटक महानिर्देशक बन्ने दौडमा रहेका अर्को व्यक्ति हुन राजकुमार क्षेत्री । कार्य अनुभव र वरिष्ठताका आधारमा सबैभन्दा सिनियर मानिएका क्षेत्रीले छोटो अवधिका लागि ब्रिफकेश बोक्ने मनस्थिति नबनाएकाले यो दौडमा उनका लागि अधिकारी र तिवारीको ब्रिफकेश बाधक बन्ने देखिन्छ ।

विभागीय मन्त्री र प्रधानमन्त्री समेत नागरिक उडडयान प्राधिकरणको प्रमुख नियुक्तिमा मौन बस्नुपर्ने अवस्था र प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निर्णायक बन्ने भएपछि भावी महानिर्देशकमा तिवारीको पल्ला भरी हुने निश्चितजस्तै बनेको बालुवाटार स्रोतको भनाई छ ।

हाल आरजु राणाको रोजाइमा परेका तिवारीलाई यसअघि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पिएस् गुरुङको पहलमा एमाले अध्यक्ष ओलीले मालदार अड्डाको रूपमा चिनिने त्रिभुवन विमानस्थल प्रमुखको जिम्मा लगाएका थिए । विमानस्थल प्रमुख भएर काम गर्दा आफ्नो इन्ट्रेस्टमा काम गरेकाले महानिर्देशक बनाउन ओलीले आफू नदेखिएरै पहल थालेका हुन ।

प्रधानमन्त्री पत्नी आरजुको कमजोरी द«व्यमोह हो भन्ने बुझेका उनले गत हप्ता तिवारीसँगै क्याप्टेन थापालाई बालकोटमै बोलाएर काम फत्ते गर्ने लगाएका थिए । थापाले पाएको जिम्मेवारी भोलिपल्टै पुरा गरेकाले आज सोमबारकै मन्त्रिपरिषद बैठकबाट महानिर्देशक बनाउने बालुवाटारको तयारी थियो ।

सोही योजना अनुसार सोमबार दिउँसो संस्कृति पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका सहसचिव टुकराज पाण्डेलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीकै रोहबरमा विभागीय मन्त्रीलाई फोनमार्फत पत्नी राणाले तिवारीलाई महानिर्देशक बनाउने गरी फाइल उठाउन भनेकी थिइन । तर, विभागीय मन्त्रीलाई बाइपास गरेर एमाले अध्यक्ष ओलीका विश्वासपात्रलाई महानिर्देशक बनाउने विषयमा आलेले विमति जनाएका थिए । सोही कारण फाइल समेत उठेपछि सोमबारको बैठकले तिवारीको पक्षमा निर्णय लिन सकेन । नेकपा समाजवादीको कोटामा परेको मन्त्रालय मातहतको नियुक्तिमा बालुवाटारले ठाडै हस्तक्षेप गर्ने देखेपछि अध्यक्ष माधव कुमार नेपालले समेत दिउँसो देउवालाई फोनमार्फत यो विषय थाती राख्न भनेका थिए । बैठक चलिरहेकै बेला नेपाललाई सहमत बनाउने कसरतमा लागेका देउवालाई लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत फोन गरेर गठबन्धन प्रभावित हुनेगरि निर्णय नलिन सुझाएपछि आज गर्ने निर्णय टरेको एक मन्त्रीले बताए । आज निर्णय नभएपछि अब बस्ने क्याबिनेट बैठकबाट टुङ्ग्याउने गरी तिवारीले मन्त्री आले र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई मनाउने जिम्मा नेपाल निकट एक दैनिक पत्रिकामा कार्यरत पत्रकारलाई लगाएका थिए । तर, ती पत्रकारलाई नेपालले ओलीका मान्छेलाई आफूले बोक्न नसक्ने ठाडो जवाफ दिएर फर्काएको स्रोतको भनाई छ ।

अलमलमा पर्यटन मन्त्री आले
अघिल्लो पटक विवादास्पद छवि बनाएपछि ओलीले गल्त्याएकाले माधव क्याम्पमा पुगेर मालदार मन्त्रालय पड्काएका संस्कृति पर्यटन तथा नागरिक उडड्यानमन्त्री प्रेम आले समेत महानिर्देशकको नियुक्तिमा जिल्लिएका छन् । विभिन्न नियुक्ति, सरुवा र ठेक्कापट्टामा ठुलो आर्थिक चलखेल हुने आले पर्यटन मन्त्रालय रोजेका आले जिल्लै हुनेगरि महानिर्देशकको ब्रिफकेश सिधै बालुवाटार पुगेपछि आले जिल्लिएको चर्चा अहिले मन्त्रालयभित्रै हुन थालेको छ । ओली क्याम्प छाडेर माधव नेपाल समूह पसेपछि मन्त्री बनेका आलेको मन्त्रालयमा ओलीकै विश्वासपात्रले नियुक्ति पाउने चर्चाले अहिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समेत हल्लाखल्ला मच्चिएको छ ।

खुमलटारमा चिसो पस्यो

नागरिक उडड्यान प्राधिकरणको भावी महानिर्देशकमा मोटो आर्थिक चलखेलमार्फत वरिष्ठलाई पन्छाएर कनिष्ठलाई जिम्मा लगाउने कसरत सुरु भएपछि दाबेदारहरू विभिन्न शक्ति केन्द्र धाउने क्रम बढेको थियो । यसै क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत दाबेदारमध्येका आफूनिकट एकजनालाई बोलाएर महानिर्देशक बनाइदिने आश्वासन दिएको स्रोतको दाबी छ । तर, एकाएक प्राधिकरणको नेतृत्वमा एमाले अध्यक्ष ओलीका विश्वासपात्रले बाजी मार्न लागेको सूचनाले अहिले खुमलटारमा चिसो पसेको छ । आज बस्ने मन्त्रीपरिषद्को बैठकबाट टुङ्ग्याउने तयारीमा रहेको यो विषयलाई केही समय थाती राख्न प्रचण्डले प्रधानमन्त्री देउवालाई फोनमार्फत आग्रह गरे पनि देउवाले विभागीय मन्त्रालयलाई देखाएर पन्छिएको खुमलटार स्रोत बताउँछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार