यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय

 प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यस्तै आवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, बैठकले मंगलबार (२ कात्तिक)मा मोहम्मद जयन्ती (१४९६)को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । सरकारले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीहरूलाई प्रति खेलाडी पाँच लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले अर्थ मन्त्रालय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने, अबुधावी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको छ ।

विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने र लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

साथै सरकारले  राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाललाई बर्खास्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । सिलवाल २०७७ असार २२ गते परिषदको सदस्य सचिवमा नियुक्त भएका थिए ।

त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा।कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उनीहरु तीनैजना हटाउने कानूनी प्रक्रिया पुर्याउन दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार