बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी सकारात्मक भएपनि निकास दिन जति ढिला भए समस्या झन जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर ५ बुँदे निर्णय गरेको छ । गत वर्ष पनि कोभिडका कारण जात्रा हुन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार