नयाँ भेरियन्टको कोरोनाबाट कञ्चनपुरमा एक पुरुषको मृत्यु

नयाँ भेरियन्टको कोरोना संक्रमणबाट कञ्चनपुरमा आज एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि भारतको गुजरातबाट आएका पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

४५ वर्षीय उनी भीमदत्त नगरपालिका वडा नम्बर १५ का स्थायी बासिन्दा हुन् । २२ गते अस्पताल भर्ना भएका उनलाई नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज (बुधबार) बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । अहिले कैलाली र कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार