सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरेका हुन् ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।

साथै बैंकको हालसम्म ८९ एटिएम रहेका छन् । बैंकले हालसम्म करीब रु. ८२ अर्व भन्दाबढी निक्षेप परिचालन गरी रु. ७८ अर्व भन्दाबढी कर्जा लगानी गरिसकेकोे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार