मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २३ पुग्यो

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २३ पुगेको छ । यस्तै घटनामा परि १६ जना घाइते भएका छन् । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस टुक्राटुक्रा भएको छ । अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना, १६ जनाको मृत्यु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार