नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना, १६ जनाको मृत्यु

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १८ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको हो ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट डिएसपी चित्रबहादुर भट्टराईको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार