फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता

फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्।

एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन् । आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १ हजार ६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।

फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको थियो ।

स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टा चलिरहेको गतिमा थियो । साथै यसैबीच उत्तरी फिलिपिन्समा भारीका कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी दिइएको छ ।

आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ र यसले सयौंको ज्यान लिइरहेको छ भने अर्बौं डलरको नोक्सान पुर्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार