विराटनगरका टेम्पो र इ–रिक्सामा सनराइजकोे क्यूआरबाट भाडा भुक्तानी सेवा उपलब्ध

सनराइज बैंकले विराटनगरको टेम्पो÷इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका हुन् ।

प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।

यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगंज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार– धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाण्डौं लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।

Loading...