सुनिल चम्किँदा कोलकाता क्वालिफायरमा, बेंग्लोरको बाहिरियो

सुनिल नारायण चम्किएको खेलमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाता क्वालिफायरमा स्थान बनाएको हो । अब, फाइनल प्रबेशका लागि कोलकाताले दिल्लीको सामना गर्नेछ ।

बेंगलोरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल रह्याे । कोलकाताको जितमा सुनिल नारायणले २६ रनको योगदान दिए । यस्तै ओपनर शुभमन गिलले २९ रन जोडे । बेंगलोरका लागि मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चहलले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन जोडको थियो ।

टोलीका लागि कप्तान तथा ओपनर विराट कोहलीले सर्वाधिक ३९ रन जोडे । यस्तै देवदत्त पडिकलले २१, ग्लेन म्याक्स्वेल १५, शहबाज अहमद १३ तथा एबी डे भिलिएर्स ११ रनको योगदान दिए । कोलकाताका नारायणले २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा लकी फर्गुसनले २ विकेट हात पारे । यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नइसँग पराजित भएको थियो । चेन्नइले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार