नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हामफालेर आत्महत्या गर्न खोज्ने युवकको उद्धार

काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हामफालेर आत्महत्याको प्रयास गर्ने एक युवकको उद्धार गरिएको छ ।

सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हामफाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेर एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि राखेको थियो ।

केही प्रहरी पुलमाथि चढेर युवकलाई ओर्लन आग्रह गरेका थिए तर, उनी हामफाल्ने बताइरहेका थिए । एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओर्लने प्रयासमा अत्तालिएर पुलमा बजारिएका थिए । उनको परिचय खुलेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति मदिरा सेवन गरेर ८ बज्नु अघि नै पुलको माथिल्लो भागमा चढेका थिए । उनको हातमा चक्कुसमेत थियो ।

युवकको उद्धार गर्ने प्रयासमा माइतीघर–तीनकुने सडक केहीबेर अवरुद्ध भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार