‘सजिलो पे’ विभिन्न ८ भाषामा, २ हजारदेखि ७ हजारसम्म पुरस्कार

 

मोबाइल वालेट ‘सजिलो पे’का प्रयोगकर्तालाई सहज बनाउने आफ्नो एपमा विभिन्न ८ भाषाको प्रयोग थालेको छ । ग्राहकको मातृभाषाप्रतिको सम्मान र एप प्रयोगमा सहजताका लागि नेपालमै पहिलो पहिलो पटक सजिलो पेले नेवार, गुरुङ, मैथिली लगायतका ८ भाषामा एप सञ्चालन ल्याएको हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सजिलो पेले राष्ट्रिय विविधता र संस्कृतिको सम्मान गर्दै चल्तीका अन्य भाषा पनि एपमा समावेश गर्ने योजना रहेको जानकारी दिएको छ ।

हाल नेपाली, अंग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ, राई, लिम्बु, शेर्पा र डोटेली भाषामध्ये प्रयोगकर्ताले आफूलाई सहज हुने भाषा छनौट गर्न सक्नेछन् ।

प्रारम्भिक रूपमा एपमा प्रयोग भएका भाषालाई शुद्ध बनाउनका लागि कम्पनीले यसका प्रयोगकर्ताको सुझावको समेत अपेक्षा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिता महर्जनले एपमा प्रयोग भएको भाषामा हुनसक्ने त्रुटि पहिल्याउने प्रयोगकर्तालाई पुरस्कृत गर्ने योजना रहेको बताएकी छन् । महर्जनका अनुसार सबै भाषामा एप प्रयोगको निर्देशन तथा तरिका उल्लेख गर्दा त्रुटिरहित बनाउन र जनसहभागितालाई प्रोत्साहन गर्न सुझाव दिनेमध्येका १० जनाले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसका लागि कम्पनीले विभिन्न तीन योजना सार्वजनिक गरेको छ । प्रथम योजना अन्तर्गत विद्यमान भाषामा कुनै त्रुटि पत्ता लगाएर एपमै सच्याई पठाउने प्रयोगकर्ताहरुमध्ये गोला प्रथाद्वारा प्रत्येक भाषाका १ जना गरी कुल १० जनालाई दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।

दोस्रो योजना अन्तर्गत विद्यमान भाषामध्ये पनि कतिपय शब्द तथा वाक्य अझै सम्बन्धित भाषामा परिवर्तन गर्न बाँकी भएको अवस्थामा सो भाषामध्ये कुनै पनि एक वा एक भन्दा धेरै भाषा सम्पूर्ण रूपमा अनुवाद गर्ने प्रयोगकर्ताहरूमध्येबाट गोलाप्रथाद्वारा प्रत्येक भाषाका २ जना गरी कुल २० जनाले चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै तेस्रो योजना अन्तर्गत एपमा रहेका विद्यमान भाषा बाहेक नेपालको अरू कुनै भाषामा एपमा रहेको वाक्य तथा शब्दावली अनुवाद गरेर पठाउनेमध्ये भाषिक शुद्धता र पहिलो प्राथमिकता क्रम अनुसार प्रत्येक भाषामा पहिलो ३ जनाले सात हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार