कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन् ।

राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन् । उनले भने- किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।’

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् । ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन । उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए ।

राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुन् जसले मास्क पनि लगाउने गर्दैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार