घान्द्रुक जीप दुर्घटनामा काठमाण्डौको टोखाका ६ जनाको निधन

सोमबार घान्द्रुकमा जीप दुर्घटना हुदाँ मृत्यु हुने ६ जना काठमाण्डौको टोखाका बासिन्दा भएको खुलेको छ । प्रहरीले दिएको जानकारी अनुसार पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप सोमबार दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनिहरु मध्ये ६ जना टोखा नगरपालिकाको वडा नः ३ का र एकजना गोरखा घर भई गोंगबुमा डेरा गरि बस्ने भएको ुखलेको हो ।

दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन् ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा सामान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

भीरमा अड्किएको अवस्थामा उनलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएको बताइन्छ । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग१ज ६९०० नम्बरको बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार