नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशमा नव नियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेस सांसद विश्वकर्मालाई विना विभागीय मन्त्री बनाइएको हो । यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । कांग्रेस सांसद डोबाटे तनहुँका हुन् ।

योसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बनेको छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार