मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रहरीले बतायो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् । लुटपाटका लागि आएको समूहले गोली चलाएको हुनसक्ने प्रहरीले बताएको छ । तर असफल भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार