थप ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९६२ एन्टीजेन परिक्षणका क्रममा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २४३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ८८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८३१ जना निको भएका छन् । हाल १४ हजार ७८७ सक्रिय संक्रमित आइशोलेशनमा र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार