घान्द्रुक जीप दुर्घटना अपडेट: चालकको पहिचान खुल्यो, शवहरू चिन्न नसक्ने अवस्थामा

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

पोखराबाट घान्द्रुक अन्नपूर्ण गाउँपालिका–११ जान सोमबार दिउँसो छुटेको ग१ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीपमा सवार ९ जनामध्ये १ महिला भीरमा अड्किएर बाँच्न सफल भएको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।

अन्नपूर्ण–१० स्थित कलाभीरमा पुगेर जीप एक सय मिटर तल मोदी खोलामा खसेको स्थानीयले बताएका छन् । जीपमा सवार यात्रु रिजर्भ गरेर घान्द्रुक घुम्न गएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए । शवहरु पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल ल्याइएको प्रवक्ता हमालले बताए ।

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार