सन्दीप सेप्टेम्बर महिनाको आइसिसी उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ‘आइसिसी प्लेयर अफ दि मन्थ’को विजेता घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।

भोटिङमा सन्दीपले अहमद र मल्होत्रालाई पछि पार्दै उत्कृष्ट खेलाडी बन्न सफल भए ।

सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४/३५ र ६/११ तथा ओमानविरुद्ध ४/१८ को उत्कृष्ट बलिङ गरेका थिए ।

यस्तै महिलातर्फको अवार्ड इंग्ल्यान्डकी कप्तान हेदर नाइटलाई प्रदान गरिने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार