कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट घान्द्रुक अन्नपूर्ण गाउँपालिका–११ जान सोमबार दिउँसो छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् ।

अन्नपूर्ण–१० स्थित कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन् । जीपमा सवार  यात्रु रिजर्भ गरेर घान्द्रुक घुम्न गएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार