हाँस्यकलाकार मनोज गजुरेलले गरे विवाह

हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । गजुरेलले अधिकृत मन्जु पोखरेलसँग आज विवाह गरेका हुन् । सामजिक संजाल फेसबुकमार्फत गजुरेलले न्याय सेवाकी अधिकृत पोखरेलसँग विवाह गरेको जानकारी दिएका हुन्  ।

‘मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’

उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’

गजुरेलको यो दोश्रो विवाह हो ।  उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच सम्बन्धबिच्छेद भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार