अष्ट्रेलियाको सिड्नीलगायतका शहरमा लकडाउन हट्यो

अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ ।

डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछि फुकवा गरिएको हो । लकडाउन हटेसँगै बजारमा समान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरु भरिभराउ भएका छन् ।

त्यहाँका नागकिरहरुले आफुहरु स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसँगको पुनर्मिलनको रुपमा व्याख्या गरेका छन् ।

अष्ट्रेलियामा खोपको पुर्ण मात्रा लगाएकाहरुलाई विदेश भ्रमणको अनुमति समेत दिइएको छ । अष्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप फैलिपछी सिड्नी शहर बढी प्रभावित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार