गण्डकीमा डोबाटे विश्वकर्मा बने मन्त्री

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको हो ।

यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ ।

विक मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बन्ने छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार