तब्बूले भनिन्- अजयका कारण अविवाहित छु

अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण बिहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजयले आफ्नी खास साथी तब्बूको बिहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सबै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।

‘अजय धेरै प्रोटेक्टिभ भएर नै मेरो लभ अन्यसँग परेको छैन’, तब्बूले अन्तरर्वार्तामा भनिन् । उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आँट नगरेको बताइन् । ‘अजय पहिलेदेखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउँथेु तब्बू भन्छिन्, ‘अब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे ।’

तब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार