रुपन्देहीको मोतीपुरमा आज पनि कर्फ्यु, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कर्फ्यु जारी राखेको हो ।

आइतबारको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य ४ जनाको मृत्यु भएको हो ।

मृतकहरू मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

झडपमा नेपाल प्रहरीका १६ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । पेट्रोल बम प्रहरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाइते भएका छन् ।

घाइते प्रहरीहरू मध्ये ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । सुकुम्वासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार