दसैंमा हुण्डाई गाडीको फ्रि चेक

नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालीले  हुण्डाई हाइवे एसुरेन्स फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा  हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रसँग मनाउने हेतुले आफ्नो हुण्डाई गााडीमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको छ ।

यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड काँकडभित्ता, इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ किमी, उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीसम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको छ । यो कार्यक्रम असोज ९ देखि १२  गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार