बसको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री ८ वर्षिय बालक मिलन भण्डारीलाई ठक्कर दिएको थियो ।

बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।बिकासचोकस्थित मामाघरमा बस्दै आएका माडी सितलपुरका भण्डारीलाई बाटो पार गर्ने क्रममा बसले ठक्कर दिएको हो ।

बुवा विदेशबाट दसैं मनाउन आउने खबर भएपछि उनीहरु सामान किन्न गएका थिए । बालकले बाटो पार गर्ने क्रममा तीव्र गतीमा आएको बसले एक्कासी ठक्कर दिएको थियो ।

बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार