थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

नेपालमा आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ९ हजार २ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ सय ६५ र ३ हजार १ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ९ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल १३ हजार ८ सय ५९ जना होम आइसोलेसनमा र १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । थप ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार