कोरोना अपडेट: थप २६० जनामा संक्रमण पुष्टि, ११३ जना निको

नेपालमा मंगलबार थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ । त्यस्तै थप ११३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ४५५ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । हाल नेपालमा १९ सय ७९ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९४ हजार ६७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार