बुटवलमा प्रहरी र स्थानीयबिच झडप, गोली लागेर दुई जना घाइते

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा गोली चलेको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो ।

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

गोली चलाउँदा एक जनाको छातीमा गोली लागेको र अर्काको टाउकोमा चोट लागेको बताइएको छ । औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार