यस्तो छ आज सुनचाँदीको बजार मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, महासंघले तेजावी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार