उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । उनी सांसद पनि छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार