टिचिङ अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप

काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले उद्घाटन गरेका छन् ।
धेरै चुनौतीका बावजुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिए । बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केही गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गरेका छन् । उनले आगामी दिनमा सरकारले प्रदान गर्ने सबै सेवाहरू अस्पतालले दिने जानकारी दिए ।
कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ बेड भनिए पनि १२ बेडका लागि मात्र बजेट आएकाले त्यही अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिएकी छन् । उनले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार