धनुषामा एकै परिवारका ३ जना मृत भेटिए

धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुडियाले दुवै छोराको हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार