शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी विजयी

Sunrise Bank Middle Size

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४–० गोलअन्तरले पराजित भएको हो । श्री कुमारीका लागि आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक एक गोल गरे । खेलको ११औँ मिनेटमा सन्तोष कुमार सिंहले पहिलो गोल गरे ।

यस्तै खेलको २४औँ मिनेटमा विवेक पुनले दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा श्री कुमारीका लागि आशिष राईले तेस्रो गोल गरे । खेलको ६७औँ मिनेटमा आशिष राईले गोल गर्दै आफ्नो टोलीलाई चार शून्य गोलअन्तरले जित दिलाए । जितसँगै श्री कुमारीले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री कुमारी लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै टुसाल नौ अङ्कका साथ लिगको १०औँ स्थानमा छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...