नेपालको मित्र राष्ट्रसँगको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्छु : रक्षामन्त्री

नवनियुक्त रक्षामन्त्री डा.मीनेन्द्र रिजालले सबल सुरक्षा नीतिकाबारे आफुले कार्य सम्पादन गर्ने बताएका छन् ।

शुक्रबार रक्षामन्त्रीको रूपमा पदभार ग्रहण गर्दै नवनियुक्त रक्षामन्त्री रिजालले विगतमा खाका तयार भएका नीतिहरूलाई संसद्को सहयोगमा फत्ते गर्ने बताएका हुन् । उनले शान्ति सेनामा रहेको नेपालको भूमिकालाई अझ विस्तार गर्ने बताउँदै सैनिक कलेज तथा सैनिक अस्पतालको विस्तार र विकासकाबारे आफूले कदम चाल्ने जानकारी दिए । नवनियुक्त रक्षामन्त्री रिजालले नेपालको मित्र राष्ट्रसँगको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने र सबल सुरक्षा नीतिकारबारे आफ्नो भूमिका रहने बताएका छन् ।

कार्यक्रममा नवनियुक्त रक्षामन्त्री रिजाललाई प्रधानसेनापति प्रभुराम शर्माले विजया दशमीको उपलक्ष्यमा हर्षबढाइँ कार्यक्रमको निम्तो समेत दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार