नेपाली श्रमिकको अवस्थालाई माथि उठाउन प्रतिबद्ध छु : श्रममन्त्री श्रेष्ठ

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले कोरोनाका कारण नेपालको श्रमिक जगतले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कोरोनाका कारण वैदेशिक रोजगारमा गएका र नेपालमा रहेका श्रमिकहरूको रोजगार खोसिएको भन्दै सरकारले श्रमिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका हुन् । उनले विश्वभर फैलिएको कोरोनाका कारण श्रमिकको रोजगार खोसिएको र विदेशमा जाने कामदारको अवस्था दयनीय रहेको पाइएको धारणा राखे । नेपाली श्रमिकको अवस्थालाई माथि उठाउन पनि आफु प्रतिबद्ध रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि सबै कर्मचारीको सहयोगमा नै अघि बढ्ने जिकिर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार