कार्यभार सम्हाल्दै आपूर्तिमन्त्री हमालले के भने ?

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आफू काङ्ग्रेससँग आबद्ध भएर धेरै काम गरेको बताएका छन् ।
मन्त्री हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिँदै आफू काङ्ग्रेससँग आबद्ध भएर धेरै काम गरेको बताएका हुन् । उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए ।
उनले मन्त्रालयलाई अघि बढाउनका लागि सबैलाई साथ लिएर अघि बढाउने जिकिर गरेका छन् । उनले बन्द रहेका उद्योगहरूलाई सञ्चालन गर्न छलफल गर्ने धारणा व्यक्त गरेका छन् ।
शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका थिए । उनको शपथलाई लिएर प्रधानन्यायाधीश जोडेर विभिन्न टीकाटिप्पणी भएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार