अष्टलक्ष्मी शाक्यको संयोजकत्व नेपाल समूहको बागमती प्रदेश समानान्तर कमिटी

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको यो समूहले जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको छ ।

कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने दोलखाकी रचना खड्कालाई सचिवको जिम्मेवारी दिइएको छ । काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष वसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् ।

२०७५ जेठ २ अघिको एमालेकालका अध्यक्षहरुलाई कायमै राखिएको छ भने अध्यक्ष आफ्नो पक्षका नभएका ठाउँमा नयाँलाई ल्याइएको छ । चाँडै नै नेपाल पक्षीय बैठकका निर्णयहरु अन्तरपार्टी निर्देशनमार्फत तलसम्म पठाइने माधव नेपालले सो बैठकमा बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार