पूर्वराजाले यो वर्ष पनि दसैंको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष पनि सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरेका हुन् । पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

पाठकका अनुसार यसवर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले कोरानाको असहजताको स्थितिमा यस वर्ष पनि सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका हुन् ।

पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुर्व श्री छ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट कोरानाको असहजताको स्थितिमा यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहूने व्यहोरा जानकारी गराइन्छ । ।’

अघिल्लो वर्ष पनि पूर्वराजा ज्ञानेन्द्रले कोरोनाका कारण सर्वसाधारणलाई टीका लगाएका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार