सरकार उपप्रधानमन्त्रीविहीन, प्रधानमन्त्रीपछिको दोस्रो र तेस्रो वरियतामा काँग्रेस

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् । देउवाले आफूपछिको बरियतामा गृहमन्त्री खाँणलाई राखेका हुन् ।

सरकार उपप्रधानमन्त्रीविहीन भएको छ । शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो ।

त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

देउवापछि ज्ञानेन्द्र बहादुर कार्कीको वरियता रहेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार