राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । राष्ट्रपतिले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

लामो समयदेखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । देउवाले  गैरसांसद्लाई पनि मन्त्री बनाएका छन् । संविधानको मूल मर्मविपरीत देउवाले नेपालगञ्जका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् ।

यसअघि प्रधानन्यायाधीश जबराको कोटामा विचौलियाका रुपमा रहेका दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उनको नाममा विवाद भएपछि देउवाले कांग्रेस पृष्ठभूमिका हमाललाई प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार