रक्षा मन्त्री बन्दै मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलाई कानुन

कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् ।

कांग्रेसबाट चार जना नयाँ मन्त्री हुनेछन् । एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागिएको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद मिनेन्द्र रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । यस्तै सञ्चारमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी महिला बालबालिका, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ ।

अहिले कानुन मन्त्री कार्की छन् । उनी सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा सर्ने भएका हुन् ।

मिनेन्द्र र दिलेन्द्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । रेग्मी सभापति देउवानिकट हुन् भने चौधरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार