प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्यो ।