प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतल निवास पुगेका देउवाले राष्ट्रपति भण्डारीसँग ‘वान टु वान’ संवाद गरेका हुन् ।
गठबन्धन भित्रकै दलहरुले मन्त्री बन्नेको सूची नबुझाएकाले प्रधानमन्त्री शीतल निवासमा पुगे पनि मन्त्रीको सूची नबुझाइ फर्केका छन् । स्रोतका अनुसार शुक्रबार चार बजेपछि नयाँ मन्त्रीको सपथ ग्रहण गराउने आन्तरिक तयारी भैरहेको छ ।