प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार ६०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार