माओवादीले पाउने मन्त्रालयको टुंगो लाग्यो, देवेन्द्र पौडेल शिक्षा मन्त्री बन्दै

माओवादी केन्द्रले आफ्नो पार्टीबाट बन्ने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ । माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन । योसँगै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

आज पौडेलसँगै माओवादीबाट शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दै छन् ।

स्रोतका अनुसार श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र गहतराजले युवा तथा खेलकुदमन्त्रीको सपथ लिँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार