दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको आकाशको जुन हैन

किरण गजमेर र अस्मिता अधिकारीको युगल प्रेम गीत ‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा नायक पुष्प खड्का, रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको छ । पोखरा तथा यसको आसपासका रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियो निर्देशक श्रेष्ठले वियोगान्त प्रेम कथामा उतारेका छन् । यसअघि जोड घटाउ बोलको गीतको म्युजिक भिडियो बनाएर म्युजिक भिडियो निर्माणमा हात हालेका निर्देशक श्रेष्ठले घिन्तांग नामक चलचित्रको भर्खरै छायांकन सकेका छन् ।

राजाराम बुढाथोकीको निर्माणमा बनेको उक्त गीतको रचना रसंगीत दिपक शर्मा, संगीत संयोजन पुरुषोतम सुबेदीको रहेको छ भने छायाँकन सौरभ लामा, सम्पादन अर्जुन जिसी, कलर रेनिश फागोको रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार