नेकपा (एकीकृत समाजवादी)बाट को-को बन्दैछन् मन्त्री ?

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री हुने भएका छन् ।

रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने नेकपा (एकीकृत समाजवादी)को तयारी छ ।

यसका साथै एक राज्यमन्त्री पनि नेकपा (एस) पाउने भएको छ । नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार