एकीकृत समाजवादीको भागमा स्वास्थ्य मन्त्रालय, उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागवण्डा गर्दा स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ भएका हुन् ।

स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनी राज्यमन्त्रीबाट हट्ने पक्का भएको हो ।

आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको थियो । स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टीले पाउँदा कांग्रेसको राज्यमन्त्री नरहने बताइएको छ ।

गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यतिबेला पनि अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको चर्को आलोचना भएको थियो।

यस्तै यसअघि सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो । बिहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने साँझसम्म शपथ गराउने सरकारको तयारी छ ।

टुंगियो मन्त्रालय भागबण्डा : शुक्रबार मन्त्रिपरिषद् विस्तार र शपथ

नेकपा (एकिकृत समाजवादी) ले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

कांग्रेसले कानून मन्त्रालय लिएर नेकपा एकीकृत समाजवादीलाई दियो स्वास्थ्य मन्त्रालय

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार